१८ मंसिर, काठमाडौं ।

नयाँ शक्तिका अभियान्ता डा बाबुराम भट्टराईले प्रचण्डले केन्द्रिय समितिमा प्रस्तुत गरेको प्रस्तावलाई ‘अष्टपदी निबन्ध’ निवन्धको सज्ञा दिएका छन् ।

प्रचण्डको दस्ताबेजमा विशेष स्थान पाएका बाबुराम

‘प्रचण्डको राजनीतिक प्रस्ताववारे प्रारम्भिक टिप्पणी’ भन्दै नोट प्रकाशित गरेका बाबुरामले प्रचण्डको प्रस्तावमा कुनै नयाँ सोंच र वस्तुपरक योजना नभएको बरु यो झारफुक र टालटुल जस्तो देखिएको टिप्पणी गरेका छन् ।

प्रचण्डको दस्तावेज मुखले क्रान्तिकारी र ब्यवहारमा यथास्थितिवादी रहेको बाबुरामको निष्कर्ष छ । बाबुरामले भनेका छन्, ‘प्रचण्डको यो प्रस्ताव जर्जर भैसकेको घरलाई केही समय काठको टेको लगाएर थम्याउने मिथ्या प्रयास मात्रै हो।’

baburam reaction on prachanda prastab 1

नयाँ शक्ति र बाबुरामको विषयमा प्रचण्डले गरेको टिप्पणी कुनै मौलिकता र सिर्जनशीलता नभएको भन्दै बाबुरामले आफूभन्दा फरक विचार राख्ने वित्तिकै बाह्य शक्तिसँग जोडेर चरित्र हत्या गर्ने र सके सम्म सफाया गर्ने विरासतबाट प्रचण्ड पनि प्रभावित रहेको र मुक्त हुने कल्पना गर्न नसकिने बाबुरामको निष्कर्ष छ ।

बाबुरामले ३२ वर्षमा १६ पटक पार्टी छोडे- टोप बहादुर रायमाझी

उनले, ‘रुसमा स्टालिनको पालामा कम्युनिष्ट पार्टीका दुइतिहाइ( अर्थात ९८ जना) पोलिटब्यूरो र केन्द्रीय सदस्यलाई ‘जर्मन एजेन्ट’ को काल्पनिक आरोप लगाएर मारिएको कलंकपूर्ण इतिहासको भूतले कम्युनिष्टहरूलाई कहिलेसम्म लखेटिरहने हो भविष्यले नै बताउनेछ’ समेत भनेका छन् ।

आफूले गत असोज ८ गते अर्थात पार्टी छोड्ने अघिल्लो दिन प्रचण्डसँको भेटमा अहिलेका सबै मा‌ओवादी समूह विगठन गरेर नयाँ शक्ति निर्माण गर्न प्रस्ताव गरेको र प्रचण्डले अस्वीकार गरेको खुलासा समेत बाबुरामले गरेका छन् ।

प्रचण्डलाई बाबुरामको विदाइ डाइलग- टुकी र साइकलको राष्ट्रवाद

प्रचण्डले आफ्नो दस्तावेजमा बाबुरामको नियतमाथि गम्भिर प्रश्न उठाएका छन् । उनले बाबुरामले नेतृत्वमाथि धावा बोलेको संकेत गर्दै बाबुरामले योजनाबद्धरुपमा कदम चालेको र यो निर्णय कतै भारतबाट निर्देशित त छैन भन्ने प्रश्न समेत गरेका छन् ।

आफू हिँजो सम्म रहेको पार्टीलाई भत्केको घरसँग तुलना गर्दै रातो स्टिकरको चर्चा गर्ने र नेतृत्वलाई अख्तियारको नाममा तर्साउन खोज्नुले बाबुरामको नियत स्पष्ट भएको भन्दै बाबुरामको भण्डाफोर गर्न आह्वान समेत गरिएको छ ।