बोमलाल गिरी । भक्तपुर ।

एमा‌ओवादी जनयुद्धबाट जसरी उठान भएको थियो त्यसरी अघि बढ्न सकेको छैन भन्ने सबैले बुझेको तथ्य हो । तर पनि भयानक रक्तपातपूर्ण इतिहास बोकेको पार्टी विघटन कै संघारमा नपुगोस भन्ने धेरै माओवादी कार्यकर्ता मात्र होइन माओवादीले गरेको राजनीतिक क्रान्तिसँग सहमतहरुको शुभेच्छा छ ।

तर दोश्रो संविधानसभाको निर्वाचन अघि देखि नै शुरु भएको माओवादी भित्रको पलायनको लहर झाँङ्गिदै जाने संकेत देखिएको छ । प्रचण्ड र बाबुरामबीचको आन्तरिक द्धन्द्धको कारण पार्टीका प्रभावशाली नेताहरुले राजिनामा दिने लहर चलेको छ । पार्टीको विचार नीति विपरीत शीर्ष नेतृत्वले पार्टी बनाउन भन्दा पनि गुट बनाउन क्रियाशिलता देखाएको भन्दै नेताहरुले राजिनामा दिन सुरु गरेका हुन् ।

Prachanda_addresses_mass_meet

कार्यकर्ता पक्तिमा पलायन हुने क्रमसँग नेताहरुले पनि नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै जिम्मेवारीबाट पन्छिएका छन् । नेतृत्व सुविधाभोगी, शहरभुखि भएको र पार्टी कार्यकर्ता काम विहीन भएर पार्टी बिग्रेको भन्दै नेताहरुले असन्तुष्टि जनाउँदै राजिनामा बुझाएर हिडने गरेका छन् । पार्टीमा अन्तर विरोध, अन्तर संघर्ष, गुटबन्दी हावी भएकाले पार्टी बिग्रेको निष्कर्ष राजिनामा दिने नेताहरुले निकालेको देखिन्छ । त्यसै मध्येका एक हुन् लोकेन्द्र विष्ट मगर ।

Lokendra 3

पार्टी प्रति तिब्र असन्तुष्टि जनाउँदै एकीकृत नेकपा माओवादीका स्थायी समिती सदस्य लोकेन्द्र मगरले उनकै शब्दमा आफूलाई बोकाइएका, भिराइएका र सुम्पेका सबै पदबाट राजिनामा दिएको झण्डै ४ महिना बितिसकेको छ । तर उनको राजिनामा अझै स्वीकृत भएको छैन ।

विष्टले २१ वटा बुँदामा अध्यक्ष प्रचण्ड र महासचिव कृष्णबहादुर महरालाई बोधार्थ दिएर पार्टी कार्यालयमा राजिनामा पत्र बुझाएका हुन् । तर उनले बुझाएको राजिनामामा के छ भन्ने धेरैलाई थाहा छैन । नेपाली हेडलाइन्सले विष्टले बुझाएको राजिनामा पत्र प्राप्त गरेको छ ।

आफूले उल्लेख गरेका २१ बुँदामा नसच्चिएसम्म एमाओवादी सिघ्र पतन र विसर्जनको बाटोमा जाने विष्टको ठम्म्याई छ । आफ्नो पार्टी सदस्यता खारेज नगरिदिन आग्रह गर्दै पार्टी सुधार्ने सुझाव सहित उनले बुझाएको राजिनामा यस्तो छः

lokendra bista rajinama 1

lokendra bista rajinama 2

lokendra bista rajinama 3

lokendra bista rajinama 4

lokendra bista rajinama 5

यो पनि हेर्नुस्

नेताहरु धमाधम पार्टी छोड्दैः प्रचण्ड बाबुराम गुटमा नाच्दै

लोकेन्द्रले भनेः प्रचण्ड, बाबुराम र नारायणकाजीले ढोगे पनि राजनीतिमा फर्किन्न