२० साउन, काठमाडौं ।

नयाँ शक्ति नेपालले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफल कार्यकालको शूभकामना दिएको छ ।

प्रचण्डले दिए आफू विरुद्ध नारा लगाउनेलाई छोड्न निर्देशन

नयाँ शक्ति नेपालले आज जारी गरेको विज्ञप्तिमा प्रचण्डलाई, “भूकम्पपछिको पुनर्निर्माण गर्न, बढ्दो महंगी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, तराई मधेशको आन्दोलनको समाधान गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न समेत सफलता मिलोस् भन्ने कामना पनि गर्दछौं” भनिएको छ ।

PM prachanda 34297917

ब्यङ्ग्यात्मकरुपमा बधाइ दिइएको विज्ञप्तिको शूरुमै, “संसदीय प्रणालीको नियमितजस्तै बनेको सरकार बन्ने, भत्कने र फेरि नयाँ बन्ने प्रक्रियामा व्यवस्थापिका संसदबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुन प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । राज्यको सर्वोच्च कार्यकारी प्रमुखका रुपमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गर्दछौं” भन्ने उल्लेख छ ।

आत्महत्या गर्ने चेतावनी सहित देउवाका नाममा युवतीको पत्र

यस अघी नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले ट्वीटर र फेसबुकबाट प्रचण्डलाई बधाइ दिएका थिए ।

कांग्रेस भित्रैबाट आयो सरकारमा नजाने चेतावनी

प्रेस विज्ञप्ति

संसदीय प्रणालीको नियमितजस्तै बनेको सरकार बन्ने, भत्कने र फेरि नयाँ बन्ने प्रक्रियामा व्यवस्थापिका संसदबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुन प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । राज्यको सर्वोच्च कार्यकारी प्रमुखका रुपमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गर्दछौं ।

संविधानको कार्यान्वयन, विनाशकारी भूकम्पपछिको पुनर्निर्माण, महंगी, भ्रष्टाचार, कालाबजारी, तस्करी र अराजकताबाट जनताले मुक्ति खोजेका छन् । संक्रमणकालीन न्यायको व्यवस्थापनका साथै केही समययता अन्तराष्ट्रिय सम्बन्धमा देखा परेको तिक्तताको समाधान गरी सन्तुलित परराट्र सम्बन्ध कायम गर्नुपर्ने जस्ता चुनौतीहरु वर्तमान सरकारका सामु खडा छन् ।

भूकम्पपछिको पुनर्निर्माण गर्न, बढ्दो महंगी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, तराई मधेशको आन्दोलनको समाधान गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न समेत सफलता मिलोस् भन्ने कामना पनि गर्दछौं । मुख्यतः तराई मधेश र थारुवान क्षेत्रका जनताका साथै आदिवासी जनजाति, मुस्लिम, दलित समुदायको समेत मागहरु संविधानको संशोधनमार्फत पूरा गरी संविधानको कार्यान्वयन गर्न र यही अवसरमा अस्थिरताको मुख्य कारक बनेको असफल संसदीय व्यवस्थाको सट्टामा स्थायित्व र विकासका लागि पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीको व्यवस्था गर्नु उपयुक्त हुन्छ भन्ने हाम्रो ठम्याई छ ।

अन्त्यमा, फेरि एकपटक बधाई तथा सफल कार्यकालको शुभकामना छ ।

खिमलाल देवकोटा
प्रवक्ता