२६ जेठ, काठमाडौं ।

प्रमुख तीन दल र मधेसी मोर्चाबीच भएको १६ बुँदे सहमतिलाई नेकपा माओवदीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सोमवार मध्य राती भएको सहमतिलाई हल्ला मात्र भएको बताएका छन् ।

उनले १५ गते राती कथित सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच संविधान निर्माणमा सहमति भएको हल्ला गरिँदै छ । वास्तविकतामा यो कुनै अग्रगामी सहमति नभइ गद्दारी र धोकाको साठगाँठ मात्र हो । प्रतिक्रान्तिकारी कदमहरुकै निरन्तरताको एक कडी हो ।

माओवादी शान्तिप्रत्रियामा आएदेखि संसदवादी, पुँजीवादी, पार्टीहरुले जनयद्ध र जनताका प्रस्तावहरुलाई एक–एक गर्दै लम्याउँदै आएका छन् । उनीहरुले केही मुठ्ठिभर आत्मसमर्पनवादी तत्वहरुलाई किन्दै, धम्काउदै किसान, मजदूर, उत्पिडित जनजाती, युवा, दलित, महिला आदीका अधिकारहरुमाथि घात गर्दै आएको उनले बताएका छन् ।

Biplav reaction on 16 point agreement

संसदवादी दलहरुले गरिरहेको बेइमानी, धोका, गद्दारी र माओवादी आन्दोलन भित्रैबाट प्रचण्ड–बाबुराम समूहले गरेको जनघाती आत्मसमर्पणलाई हामीले प्रतिवाद भण्डाफोर र अस्वीकार गर्दै आएका छौं । हाम्रो सु–स्पष्ट दृष्टिकोण छ कि नेपालमा संसदीय व्यवस्थाको अधिनायकत्व र हैकम नेपाली जनतालाई कदापी स्वीकार्य छैन । हामी माओवादी शक्तिविनाको राज्यसत्तालाई पुरै खारेज गर्दछौं । यदि वास्तविक निकास दिने हो भने सर्वपक्षीय राजनैतिक सहमति अपरिहार्य छ । जसको मूल विषय जनयुद्ध र नेपाली जनताका राजनैतिक प्रस्तावहरु हुनुपर्दछ, विप्पलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो पनि हेर्नुस्

मध्यरातको सहमतिमा बाबुराम भट्टराईका ३ स्ट्याटस