बोमलाल गिरी । काठमाडौं ।

एकीकृत नेकपा माओवादीको स्थाई समितिबाट राजिनामा दिएका लोकेन्द्र विष्ट मगरले कुनै पनि हालतमा अव राजनीतिमा नफर्कने बताएका छन् । स्थाई समितिको पदबाट अध्यक्ष प्रचण्डलाई राजिनामा दिएका विष्टले नेपाली हेडलाइन्ससँग भने, ‘अव त म प्रचण्ड, बाबुराम र नारायणकाजीले सशै शक्ति लगाए पनि राजनीतिमा फर्कन्न ।’ विष्टले स्थाई समितिबाट चैत्रमा राजिनामा बुझाएका थिए ।

लामो समय पार्टीमा काम गरेपनि पार्टीले पद मात्र दिएको तर काम नदिएको र पार्टी बिग्रदै गएको भन्दै उनले राजिनामा दिएका थिए ।

यो घुर्की होइन
आफूले कुनै पद र प्रतिष्ठाका लागि घुर्की लगाउन राजिनामा नदिएको स्पष्ट पारे । दुई पटक मन्त्री पनि भइयो, अव मन्त्री हुने ठूलो नेता भएर जनताको सेवा गरौंला भन्ने लोभ अव मलाई छैन, विष्टले भने, अव म सामान्य जनता हुन्छु ।’

Lokendra 1सधैभरी पार्टीमै बसेर नहुने भन्दै विष्टले भने, ‘जोवन भरी एउटै रोटो र भोटो हुन्न । रोटो र भोटो फेर्नुपर्छ ।

पार्टी छोडेको होइन पद मात्र हो
नेता विष्टले राजिनामा दिए पनि पार्टीबाट नभई पदबाट मात्र भएको बताएका छन् । आफूले पसिना बगाएको पार्टी एमाओवादी मात्रै भएको भन्दै विष्टले आफू एमाओवादीको साधारण सदस्य भने रहिरहने बताएका छन् । प्रचण्डलाई राजिनामा बुझाउँदा नै आफूले सदस्यता खारेज नगरिदिन आग्रह गरेको बताए ।

‘मैले सकेसम्म मेरो सदस्यता नखाईदिनुहोला भनेर प्रचण्डलाई भनेको छु, विष्टले भने, ‘सकेसम्म नखाइदिनुहोला, सके खाइदिनुहोला ।’ पार्टीमा काम विहिन भएर भस्नु, ‘पर्खि बसे मायालु झिंगा धपाउँदै’ जस्तै भएको भन्दै काम विना पार्टीमा बस्न नसक्ने भएकाले राजिनामा दिएको बताए ।

विप्लवले फोन गरे
विष्टले आफूले राजिनामा दिए पनि आफ्नो पार्टी सदस्यता बाँकी रहँदासम्म अरु कुनै पार्टीमा नलाग्ने घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेपका माओवादीमा जाने हल्ला पनि चलेको भन्दै विष्टले त्यो शत प्रतिशत गलत भएको बताए ।

Lokendra 2

आफूलाई मन पर्ने नेताहरु मोहन बैद्य र बादवल भए पनि उनीहरुले पार्टी फुटाएर गलत गरेको भन्दै त्यहाँ पनि नजाने बताएका छन् । विप्लबले पार्टी फुटाए पछि आफ्नो पार्टीमा बोलाउनलाई एक पटक फोन गरे पनि अहिले सम्पर्क विहिन भएको विष्टको भनाई थियो ।

‘हामीसँग आउनुस भनेर विप्बल जिले एक पटक फोन गर्नु भएको थियो, विष्टले भने, ‘रैला नगर्नुस, एउटै पार्टीमा भए साथ दिइन्छ, नत्र फर्केर पनि हेरिन्न भनेर जवाफ दिएको थिए त्यसपछि हाम्रो सम्पर्क छैन ।’

नेता होइन अव कृषक
राजीनामासँगै विष्टले अव आफू एक सामान्य कृषक भएको बताएका छन् । काभ्रेमा झण्डै ३० रोपन जग्गा भाडामा लिएर आफू व्यवशायीक खेती तर्फ लागेको उनले बताए । ‘म जनता भएर गाउँमा कुटो कोदालोसँग खेलिरहेको छु ।’

कुराकानीका क्रममा विष्टले भने, खेतीपार्टी शुरु भएको छ । केही समय पछि तपाईलाई रोशी खोलाको माछामा जाल हानेर माछा खुवाउनेछु । मेरो खेति देखाउन नेता होइन, वरिष्ट कृषक र तपाईहरुलाई ल्याएर देखाउनेछु ।’ उनले अहिले भाडामा लिएको जग्गामा धान, भटमास, राज्मा तथा गाई पालन र माछा पालन गरिरहेको बताएका छन् ।

प्रचण्ड बाबुरामका कमजोरी
दिन प्रतिदिन पार्टी बिग्रदै गएको भन्दै विष्टले त्यसको दोष प्रचण्ड र बाबुरामले लिनु पर्ने बताएका छन् । उनीहरुले पार्टीलाई ठिक बाटोमा हिडाउन नसकेर पार्टी ‘आउट अफ ट्रयाक भएको टिप्पणी गरे ।

Lokendra 3

नेतृत्व सुविधाभोगी, शहरभुखि भएको र पार्टी कार्यकर्ता काम विहिन भएर पार्टी बिग्रेको भन्दै विष्टले भने, ‘यस्तो ल्याङफ्याङ पार्टीमा के बस्नु ! त्यस्तै पार्टीमा अन्तर विरोध, अन्तर संघर्ष, गुटबन्दी हावी भएकाले पनि पार्टी बिग्रेको बताएका छन् ।