२३ वैशाख, काठमाडौँ।

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको थियो।

भेटमा एमाले अध्यक्ष ओलीले सरकारले संशोधन दर्ता गराएको, प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरे।

सर्वोच्च अदालतले महाभियोग प्रस्ताव अघि नबढाउन स्पष्ट आदेश दिइसकेको अवस्थामा त्यसको औचित्य सकिएको भन्दै ओलीले त्यसतर्फ फेरि अघि नबढ्न चेतावनी समेत दिए।

न्यायाधीशहरुलाईसमेत कारवाही गर्ने चर्चा आएको भन्दै ओली त्यसतर्फ अघि बढ्नु गम्भीर गल्ती हुने बताएका छन्।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफु छलफलकै क्रममा रहेको र सहमतिबाटै निकास खोज्न प्रतिबद्ध रहेको बताएका थिए।