हेटौँडा, ९ वैशाख : ३ नम्बर प्रदेशको प्रदेश सभा बैठक सकिएको छ । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले सिफारिश गरी पठाएकाले प्रदेशसभाको चालू हिउँदे अधिवेशन यही वैशाख १० गते राति १२ बजेपछि अन्त्य गर्नुभएको छ ।

उक्त कुरा प्रदेश प्रमुख सचिवालयले आज जनाएको हो । रासस