३ असोज, धनुषा ।

प्रदेश नम्बर २ को स्थानीय चुनावमा नेकपा एमालेले खाता खोलेको छ । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका उम्मेदवार कामेश्वर कापर विजयी भएका हुन् ।

उनले २ सय ६१ मत ल्याएर बिजयी भएको बताइएको छ । यसअघि माओवादी केन्द्रले धनुषको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षसहित प्यानलनै जित हात पारेको थियो ।