१९ जेठ, काठमाडौं ।

प्रधानमन्त्री चयनका लागि जेठ २१ गते संसदमा निर्वाचन हुने भएको छ । प्रमुख राजनीतिक दलका मुख्य सचेतकसँगको छलफलका आधारमा सभामुख ओनसरी घर्तीले २१ गते ११ बजेका लागि निर्वाचनको मिति तोकेकी हुन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमलोको सहमतिबिना निर्वाचनको तालिका सार्वजनिक गर्न लागिएको हो । बिहान बसेको कार्यव्यवस्था परामर्श समिति र दिउँसो प्रमुख दलका मुख्य सचेतहरुसँगको छलफलमा पनि सहमति नभएपछि प्रमुख प्रतिपक्षी दलको सहमति विना निर्वाचन प्रकृया अघि बढाउन लागिएको हो ।
यस्तो छ निर्वाचन तालिकाः