१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे स्वास्थ्यलाई लिएर ढुक्क रहन सबैलाई आग्रह गरेका छन् ।

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनुस् । हामीले देखेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाइ र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु । ओलीले भनेका छन्, योबीचमा सरकारबाट हुनुपर्ने नियमित काम अघि बढाउन आवश्यक संयन्त्र मिलाएको छु ।

सवा ३ मिनेटको भिडियो सन्देशमा उनले आफूलाई शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन् । ओलीको पर्सि बुधबार मिर्गौला प्रत्यारोपण गरिँदैछ ।