२० भदौ, काठमाडौं । सिंगापुरमा दुई हप्ता उपचार सकेर आज स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली नियमित कामम फर्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वास्थ उपचार गरी शुक्रबार स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा अभिवादन गर्दै । तस्वीर: प्रदीपराज वन्त, रासस

उनका निजि चिकित्सक डाक्टर दिव्या सिंहले प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छिन् । शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको नेश्नल युनिभर्सिटी अस्पताल (एनयुएच)मा पूरा भएको छ । विज्ञप्तीमा भनिएको छ “ अब उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ ।”

प्रधानमन्त्री ओली फर्किएलगत्तै नियमित काममा सक्रिय भएको बालुवाटार स्रोतले जनाएको छ ।