२२ फागुन, काठमाडाैं । हिजो मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अपेक्षाकृत सुधार देखिएको छ । त्रिवि शिक्षण अस्पतालले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो ।

फाइल फाेटाे

अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाका अनुसार उहाँका सबै भाइटल तथा ल्याब सुचकहरु सामान्य अवस्थामा रहेका छन् । उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको छ, विज्ञप्तिमा भनिएको छ ।

मिर्गौला दाता प्रधानमन्त्री ओलीकी भान्जी समीक्षा सग्रौलाको स्वास्थ्य पनि स्थिर रहको छ । उनलाई पनि आजदेखि तरल तथा नरम आहार दिन शुरु गरिसकिएको अस्पतालले जनाएको छ ।