२४ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो सरकारी निवास बालुवाटार बोलाएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले साग समापनका अवसरमा मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बालुवाटार बोलाएको जानकारी दिए । सिलवालले प्रधानमन्त्री ओलीले खेलाडीहरुमाझमा सागमा पदक जित्ने खेलाडीलाई पुरस्कार घोषणा गर्ने बताए ।

यो पनि पढ्नुहोस्ः
साग समापनको भिडियो सन्देशमा प्रधानमन्त्रीले के भने ?