३० फागुन, काठमाडौं । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले बालुवाटार पुगेर बाबुको आशिर्वाद लिएका छन् ।

अस्पताल जानुअघि आफ्ना ९० वर्षीय बाबुको आशिर्वाद लिएर गएका ओलीले बालुवाटार पुगेर पहिला बाबुलाई भेटेका हुन् । छोरो (प्रधानमन्त्री ओली) स्वस्थ भएर फर्किएपछि बाबु मोहनप्रसाद ओलीले प्रशन्नता व्यक्त गरेका छन् ।

अस्पतालमा मिर्गौला प्रत्यारोपणपछि संक्रमण हुनसक्ने डरले परिवारकै सदस्यहरुलाई पनि भेट्न दिइएको थिएन । पत्नी राधिका शाक्यले पनि हिजो मात्रै ओलीलाई भेटेकी थिइन् ।