५ पुस, उदयपुर । नेपालका प्रधानमन्त्री केपी ओलीको ट्विटर प्रधामन्त्रीको नियन्त्रण बाहिर गएको पाइएको छ । प्रधानमत्नीले चलाउने गरेको आधिकारीक ट्विटरबाट भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीको ट्विटरको भिडियो एकाएक रिट्विट भएपछि प्रधानमन्त्रीको टाउको दुखाई बनेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको ट्विटर अरुले खोलेर रिट्विट गरेको हो । प्रधामन्त्रीले रि(ट्विट नगरेको तथा अरुले प्रधानमन्त्रीको ट्विटरको पासवर्डको दुरुपयोग गरेको हो । उनले भने, ‘प्रधानमन्त्री ज्यूको ट्विटर अरु कसैले चलाइरहेको पाइएकोले अनुसन्धान भइरहेको छ ।’

प्रधानमन्त्री आफूले अन्तिम पटक दुई नेपाली कलाकारहरूका देहावसानपछि दिएको श्रद्धाञ्जली मात्र ट्विट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताए । प्रधानमन्त्री ओलीको ट्विटरमा हाल ५ लाख ११ हजार फलोअर छन्।

प्रधानमन्त्री ओलीको आधिकारीक आइडीबाट भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश रि–ट्वीट भएपछि अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यममा चर्चा पाएको हो । प्रधानमन्त्री ओलीले गरेको यो ट्विटलाई भारतीय सञ्चारकर्मीले रि–ट्वीटका आधारमा समाचार बनाएका छन् ।