काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती समकक्षी थेरेसा मे बीच भेटवार्ता भएको छ ।

सोमबार राति नै लण्डन पुगेका ओलीले दिउँसो भेटवार्ता गरेको उनका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिए । डाउनिङ स्ट्रिटमा भएको भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको छ । उक्त अवसरमा नेपाल(वेलायत विकास साझेदारी, पर्यटन प्रवर्द्धन र ब्रिटिश गोर्खासम्बन्धी विषयमा छलफल भएको प्रेस सल्लाहकार अर्यालले बताए ।