२ असार, काठमाडौँ ।

चुनाव सारे लगतै भारत र चीनले चासो व्यक्त गरेका छन्।

आज दुवै देशका राजदूतले छुट्टाछुट्टै प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटेका हुन।

यो पढ्नुस् : प्रधानमन्त्री देउवासँग भारतीय राजदुतको भेट

भारतीय राजदूत मञ्जिव सिंह पुरीले प्रधानमन्त्री देउवालाई भेटेको केही मिनेट पछि नै नेपालका लागि चिनियाँ राजदूत  यु होङले सिंहदरबारमा देउवालाई भेटेकी हुन।

भेटमा  दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप सशक्त बनाउने र आपसी सहयोगबारे कुराकानी भएको प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारले जनाएतापनि प्रदेश नम्बर २ को चुनाव सारे लगतै दुई छिमेकी देशका राजदूतले प्रधानमन्त्रीलाई भेट्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।

देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि दुवै राजदूतको यो पहिलो भेट हो । रासस