२२ कात्तिक, काठमाडौं । चर्चित एवं लोकप्रिय गायक हेमन्त शर्मा आहिले झापामा छन् । एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन उनी झापा गएका हुन् ।

बिहीबार साँझ भएको सांगीतिक कार्यक्रममा सहभागी भएका गायक शर्मा शुक्रबार बिहानै उनी नेपालकै होचो केचना पुगे । केचनासँगै उनी नेपाल–भारत सिमानाको पिल्लर नम्बर १ सय २९ भएको कादा गाउँसम्म पनि जान भ्याए ।

झापामा विभिन्न स्थानम घुम्न जाँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीसँग जम्काभेट भएको बताए । सामाजिक सञ्जालमा प्रधानमन्त्रीपितासहितको तस्बिर राख्दै गायक शर्माले उनले भनेका केही रमाइला किस्सा सेयर गरेका छन् ।

हेमन्त शर्मासँगको भेटमा प्रधानमन्त्रीपिता ओलीले ९० वर्ष पुगेको बताउँदै गाउँलेको दाँत र कानको उपचार गर्ने गरेको सुनाउन भ्याए । साथै ओलीले माछामासु पहिल्यै छाडेको लगायतका अन्य रमाइलो कुराकानी भएको आफ्नो स्टाटसमा लेखेको छन् ।