२७ कात्तिक, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका २ रुमस्थित जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुन माथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले स्थानीय रमेश पुनलाई पक्राउ गरेको छ ।

File Photo

रमेशले प्रअ पुनमाथि बाटोमा हिँडिरहेकै अवस्थामा एक्कासी खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी प्रअ पुनलाई उपचारका लागि हेलिकोप्टरबाट पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

घाइते भएकी पुनको कान, टाउको र हातमा कुखुरी प्रहारबाट गम्भीर चोट लागेको छ । देब्रे हातका दुइटा औँलासमेत खुकुरी प्रहारबाट चुँडिएको बताइएको छ ।

खुकुरी प्रहार गरेका पुन अहिले फरार रहेका प्रहरीले बताएको छ । उनको खोजी कार्यको लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।