२२ फागुन, काठमाडौं।

प्रहरीले सुन तस्करीमा संलग्न ३० जनाको नाम सार्वजनिक गरेको छ । पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाटै करिब ३३ किलोग्राम अवैध सुन बाहिरिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्करको सञ्जालबारे अनुसन्धान सुरु गरेको थियो ।

तस्करीमा सम्लग्न ३० जनाको नाम आज सार्वजनिक गर्दै ब्यूरो प्रमुख डिआइजी नवराज सिलवालले दुबईमा रहेका १० र नेपालमै रहेका अन्य ८ जनालाई नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।

१२ जना यसअघि नै पक्राउ परिसकेका छन् । सुन तस्करीमा सम्लग्न रहेको अभियोगमा ब्यूरोले एसएसपी श्याम खत्रीसमेतलाई नियन्त्रणमा लिइसकेको छ ।

व्यूरोले उनीसहित ३० जनाको नाम सार्वजनिक गरेको हो ।

प्रहरीको दावीअनुसार तस्करीमा गोपालबहादुर शाही, रामहरि कार्की, दीलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की र श्रीनारायण यादव सम्लग्न थिए । त्यसैगरी, प्रहरीले श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठलाई पनि तस्करको सूचिमा राखेको छ ।