२० कात्तिक, जुम्ला । सशस्त्र प्रहरी बल ३३ नम्बर गण जुम्लामा कार्यरत प्रहरी निरीक्षक अभिषेक थापाको मृत्यु भएको छ ।

मंगलबार बेलुकी ड्युटी सकेर खाना खाएर सुतेका २८ वर्षीय थापा विहान बेहोस भएका थिए । उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै मृत्यु भएको गणका एसपी सरत न्यौपानेले बताए । दैलेख जिल्ला नारायणी नगरपालिका वडा नम्वर ८ का थापा एक वर्षदेखि जुम्लामै सेवारत थिए ।

उनको हृदयघातका कारण निधन भएको अनुमान गरिएको छ । उनको आफ्नै जिल्लामा पठाएर अन्तिम संस्कार गरिने प्रहरीले जनाएको छ ।