१० माघ, एजेन्सी । महिलाहरु गर्भवती भएपछि धेरै कुरामा सावधानी अपनाउनुपर्ने हुन्छ । सामान्य गल्तीका कारण गर्भपात हुनसक्ने खतरा भएका कारण सावधानी जरुरी पनि हो । शायद यहि कारण महिलाले प्रेग्नेन्सीका बेला सेक्सलाई पनि निषेध गरिरहेका हुन्छन् ।

प्रेग्नेन्सीका दौरान सेक्स गर्नु गर्भमा रहेको बच्चाका लागि खतरनाक हुने कतिपयको बुझाई छ । डाक्टरहरु भन्छन् यस्तो बेला महिलाहरुमा शारीरीक र हर्मोनल बदलाव आउँछ र यो दौरानमा महिलाहरुमा सेक्सको चाहना बढेर आउने गर्दछ । प्रेग्नेन्सीका दौरान केही महिलाहरुका लागि सेक्स ज्यादै आनन्दमय हुने गर्दछ ।

डाक्टरहरुका अनुसार सेक्स यौन सुख मात्रै होइन आफ्नो पार्टनरसँग राम्रोसँग कनेक्ट हुनका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यस्तो अवस्थामा महिलाको शरीरमा रगतको प्रवाह तिब्र हुने गर्दछ र सेक्सको चाहना पनि बढ्छ ।

यहि कारण उनीहरु सेक्समा ज्यादा रमाईलो महशुस गर्छन् । यसकारण प्रग्नेन्सीमा सेक्स गर्न हुँदैन भन्ने हल्लासँग डराउनुभन्दा यसको वास्तविकता थाहा पाउनु हितकर हुन्छ । डाक्टरहरुका अनुसार प्रेग्नेन्सीका बेला जुनसुकै स्टेजमा पनि सेक्स गर्दा केही खतरा हुँदैन ।