३० भदौ, एजेन्सी । प्रेमिकालाई स्वार्थी भन्दै एक युवकले प्रेमिकामाथि चक्कु प्रहार गरेको छ । यद्यपि प्रेमिका आक्रमणबाट भने बचेकी छन् । यो घटना भारतको राँची जिल्लाको हो ।

युवतीलाई चक्कु हान्न लागेको देखेपछि स्थानीयले युवतीलाई बचाएका थिए । त्यहाँ जम्मा भएको भीडले युवकलाई एकदमै धुलाई गरेका थिए । त्यहिबीच प्रहरीले युवकलाई पक्राउ गरि लगेको छ । आरोपी युवकको नाम अरविन्द कुमार हो । केटी त्यहि गाउँकी थिइन् ।

केही समयदेखि राँची रहेर पढिरहेकी उनको राँचीमा छँदा युवकसँग प्रेम भएको थियो । युवक प्रेमिकालाई भेट्न युवतीकै गाउँ पुगेका थिए । उनले प्रेमिका भेटेर विवाहको लागि दवाव दिएका थिए । तर युवतीले नमानेपछि उनले चक्कु प्रहार गरेका थिए ।