७ साउन, काठमाडौं ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसमक्ष प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नयाँ संविधानमा काउन्सिललाई संवैधानिक अङ्गको रुपमा राख्ने व्यवस्था मिलाउन अनुरोध गर्दै एक ज्ञापनपत्र बुझाएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर प्रतिनिधिमण्डले संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिने क्रममा लिखितरुपमै सो व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र स्वतन्त्र पत्रकारिताका विकासका निम्ति स्वतन्त्र, स्वायत्त र स्वनियमकारी निकायको रुपमा परिकल्पना गरिएकाले यसलाई संवैधानिक अङ्गको रुपमा राख्नुपर्ने सुझाव दिएको हो ।

त्यस्तै, राष्ट्रिय खाद्य अधिकार सञ्जाल, मानवअधिकार पत्रकार सङ्घ र इन्टिग्रिटी इन्टरनेशनल नेपालले पनि आजै सभामुख नेम्वाङ्लाई भेटेर सुझाव पत्र हस्तान्तरण गरेका थिए