२२ कात्तिक, काठमाडौं । १६ औं राष्ट्रिय विभूती फाल्गुनन्द जयन्तीका दिन ताप्लेजुङका विभिन्न स्थानीय तहले सार्वजनिक विदा दिएका छन् ।

समाज सुधारक फाल्गुनन्द लिङ्देनको १३५ औं जन्म जयन्तीका अवसरमा फुङ्लिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएक हुन् । आउँदो कात्तिक २५ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरिएको फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्यकुरेलले जानकारी दिए । अघिल्लो वर्षदेखि नै महागुरु लिङ्देनको जन्मजयन्तीमा सार्वजनिक विदा दिने नगरसभाले निर्णय गरेको प्याकुरलले बताए ।

फक्ताङलुङ गाउँपालिकाले बुधबारको कार्यपालिका बैठकले लिङ्देनको जन्म जयन्तीमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।