७ चैत, एजेन्सी । विश्वभर कोरोनाभाइरसको सन्त्रास फैलिइरहेका समय संयुक्त राष्ट्रसंघका विज्ञहरूले शुक्रबार फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा गरेका छन् ।

‘वर्ड ह्यापीनेस रिपोर्ट’का लागि अनुसन्धानकर्ताहरूले १५६ मुलुकका जनतालाई सोधिएको प्रश्न र उनीहरूले दिएका प्रतिक्रियाको आधारमा गरिएको मुल्याङ्कनका आधारमा फिनल्याण्डलाई विश्वको सबैभन्दा खुशी मुलुक घोषणा गरेका बताइएको छ ।

अनुसन्धानका लागि विज्ञहरूले हरेक मुलुकको कूल ग्राहस्थ उत्पादन, सामाजिक सहयोग, व्यैयक्तिक स्वतन्त्रता र भ्रष्टाचारको तहलाई आधार बनाएर खुशीयाली मुलुकको अङ्क दिइएको बताएका छन् ।

हरेक सात रिपोर्टमा स्वीट्जरल्याण्ड, न्यूजिल्याण्ड अष्ट्रियालगायतका स्कान्डिनाभियाली मुलुकहरू अग्र दश स्थानमा पर्न सफल भएका थिए । विश्वका दश खुशी मुलुकभित्र लक्जेमवर्ग पनि पर्न नसकेको विज्ञहरूले बताएका छन् ।

‘खुशी राष्ट्रहरूका लागि सम्पत्तीको चेत, आपसी आनन्द र विश्वासको भावना, सहकारीता तथा साझा संस्थान तथा दायित्वका बिषयलाई गहन अध्ययन गरिएको थियो,’ अनुसन्धान रिपोर्ट तयार गर्नेमध्येका एक विज्ञ जोन हेलिवेलले विज्ञको तर्फबाट जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

happy

यसैबीच, यो सूचीको अन्त्यमा हिंसात्मक द्वन्द्वको सामना गरिरहेका र अत्यन्त गरिबीको रेखामूनि रहेका जिम्वाब्वे, दक्षिण सुडान र अफगानिस्तानजस्ता मुलुकहरू रहेका थिए ।

सूचीमा अस्ट्रेलिया एघारौँ स्थानमा रहेको छ भने कोस्टारिका बाह्रौँ, इजरायल तह्रौँँ, लक्जेम्वर्ग चौधौँँ र बेलायत पन्ध्रौँँ नम्बरमा रहेका छन् । त्यस्तै जर्मनी सत्रौँँ, अमेरिका अन्नाइसौँँ, फ्रान्स चौबिसौँ, सिङ्गापुर चौतिसौँँ, जापान अन्ठाउन्नौँँ, पाकिस्तान सतसट्ठीऔँ, रूस अठसट्ठीऔँ, चीन त्रियानब्वेऔँ स्थानमा रहेका छन् ।

त्यसैगरी नेपाल दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानपछि अग्रस्थानमा अर्थात् सयौँँ स्थानमा परेको छ भने बङ्गलादेश १२५औँ, श्रीलङ्का १३०औँ, भारत १४०औँ स्थानमा रहेका छन् । अन्तिम तीन स्थानमा क्रमशः अफगानिस्तान, मध्य अफ्रिकी गणतन्त्र र दक्षिण सुडान रहेका छन् ।