१३ चैत, एजेन्सी । फिलिपिन्समा कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण ९ जना डाक्टरको मृत्यु भएको छ ।

संक्रमितहरुको उपचारमा अग्रपंक्तिमा खटिने डाक्टरहरु नै मर्न थालेपछि चिन्ता व्यक्त गरिएको छ । देशको चिकित्सक संघले सरकारले कोरोना भाइरसका संक्रमितको उपचारमा खटिएका चिकित्सको सुरक्षामा चासो नदिएको भन्दै गुनासो गरेका छन् । फिलिपिनी मेडिकल एशोसियसनले भनेको छ, स्वास्थ्यकर्मीको पर्याप्त सुरक्षा व्यवस्था गरिएको छैन ।

एशोसियसनका उपाध्यक्ष बिनिटो अटिन्जाले अग्रपंंक्तिमा रहेर काम गर्ने चिकित्सकहरुको सात सात दिनमा कोरोना परक्षिणको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।