१४ मंसिर, मनिला । फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकू मारिएको फिलिपिन्सको सेनाले बुधबार जनाएको छ । मारिएका मध्ये ६ जना महिला रहेका छन् ।

राष्ट्रपति रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ताका स्थगित गरेको केही दिनपछि उनीहरु मारिएका हुन् । दुतेर्तेले गत हप्ता विद्रोहीसँगको शान्ति वार्ता स्थगित गरेका थिए ।

मृत्यु भएका महिलामध्ये एक जना विश्वविद्यालयको विद्यार्थीसमेत भएको बताइएको छ भने घटनामा अरू पाँच जना घाइते भएका छन् ।

फिलिपिन्समा सन् १९६८ देखि कम्युनिष्ट पार्टीले विद्रोह गरेर लडिरहेको छ । पुँजीवादी प्रणालीका विरुद्धमा भन्दै कम्युनिष्ट पार्टीले विद्रोह गरेको बताएको छ ।

द्वन्द्व अन्त्य गर्न वार्ता त भएको थियो तर धेरै कुराहरुमा सहमति हुन नसेकाले वार्ता अगाडि बढ्न नसकी स्थगित भएको छ । (रासस÷एएफपी)