१९८७ मार्च २३ मा जन्मेकी बलिउड नायिका कगंना रनावट सानै देखि बलिउड नायिका बन्ने सपना बुन्थिन। अभिनयको लागि उनले स्कुल छोडिन। छोरीको यस्तो कदमले उनका बाबुले हात समेत उठाए। तर मन बनाइसकेकी कंगनाले १६ वर्षको उमेर घर छोड्न पुगिन। केही दिन दिल्लीमै स्टेशमा कार्यक्रम गरिन अनि मुम्बई गएर अभिनय सुरु गरिन्। ग्यांगस्टार (२००६) उनको पहिलो फिल्म थियो।kangana-ranaut smile

बलिउडमा करिअर बनाउन घर छोडेर हिडेका नायिकाहरुमा कंगना मात्र एक्ली छैनन्। बलिउडको करिअरको लागि घर, व्वायफ्रेन्ड अनि पति छोडेर फिल्ममा अभिनय गर्दै पहिचानको लागि संघर्ष गरेका यी हुन अन्य नायिकाहरु,

मल्लिका शेरावत

mallika-sherawat smile

सपना पुरा गर्न घरबाट भागेकी मल्लिकालाई उनका पिता मुकेश लाम्बाले आफ्नो थर प्रयोगमा प्रतिबन्ध नै लगाएका थिए। उनले आफ्नो नाम यो बाध्यताले गर्दा रीमा लाम्बा बाट मल्लिका शेरावतमा परिवर्तन गर्नुपर्यो। शेरावत थर उनको आमाको थर हो। सन् २००३ मा उनको पहिलो फिल्म ‘ख्वाहिश’ रिलिज भएको थियो, जसमा उनले नायक हिमान्शु मलिकसंघ १७ चुम्बन सिन दिएकी थिइन।

अदिति रावaditi-rao-hydari-smile

अदिति राव हैदरी तब २१ वर्षकी थिइन जब उनको विवाह ब्युरोक्रेटबाट नायक बनेका सत्यदीप मिश्रासंग भएको थियो। फिल्मी दुनियाँमा आउनले उनले न केवल आफ्नो पतिलाई छोडिन, लामो समयसम्म आफ्नो सम्बन्धको सत्यलाई समेत लुकाइन। अदितिले सुधीर मिश्राको फिल्म ‘ये साली जिन्दगी’ बाट बलिउडमा डेब्यु गरेकी थिइन।

नरगिस फाखरीnargis smiling

बलिउड नायिका बन्ने दुनमा न केवल नरगिसले आफ्नो घर छोडिन, आफ्नो ब्वायफ्रेन्डसंगको नाता समेत तोडिन। विवाह हुनु भन्दा पहिले उनी आफ्नो जीवनमा थुप्रै कुरा चाहन्थिन। झोला प्याक गरिन अनि अमेरिकाबाट भारत आइन। सन् २०११ मा रणवीर कपुरसंग ‘रकस्टार’बाट उनले बलिउडमा डेब्यु गरिन।

चित्रांगदा सिंह

chitrangada-singh smile
सन् २००१ मा चित्रागंदा सिंहको विवाह गल्फर ज्योति रंधावासंग भएको थियो। यी दुईको एक छोरा पनि छ, जोरावर। तर चित्रांगदाले फिल्मको लागि पति छोडिन, दिल्लीबाट मुम्बई बसाईँ सरिन। यसको सिधा असर उनको सम्बन्धमा पर्यो। अन्तत: सन् २०१४ मा यी दुईबिच सम्बन्ध बिच्छेद भयो। सन् २००३ मा उनले ‘हजारोँ ख्वाहिशें ऐसी’ बाट बलिउडमा डेब्यु गरेकी थिइन।

यो पनि पढ्नुस्।
जेल सजाय भोगेका बलिउडका ५ सेलिब्रेटि
किस गर्न नचाहने ५ बलिउड कलाकार
नेपालमा भेटिने ५ किसिमका जोडी
बलिउडका सबैभन्दा चर्चित ५ टवेल डान्स (भिडियो सहित)
गर्भवती भएपछि विवाह गर्न बाध्य बलिउडका ५ नायिका
हलिउडमा समेत चर्चित बलिउडका १० कलाकार
हलिउड र बलिउडका बुढी तरुणी १० नायिका
सन् २०१५ का सर्वाधिक सफल बलिउडका १० नायिका