२६ भदौ, काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले फिल्म हलमा फिल्म प्रशारण हुनुअघि राष्ट्रिय गान बजाउने कुरा आफूलाई जानकारी नभएको बताएका छन् ।

सरकारले गरेका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार भेटघाटमा बोल्दै मन्त्री बास्कोटाले यस्तो बताएका हुन् । ‘फिल्म हलमा राष्ट्रियगान बजाउने कुरा मैले पनि सुनिरहेको छु । फिल्म क्षेत्रको मन्त्रालय यहि हो । मलाई चाहिँ थाहा भएन ।’ उनले भने, ‘पहिला पहिला मान्छेहरु भन्थे हावा नचलि पात हल्लिन्न भनेर अहिले त हावा नै नचली पातहरु हल्लिएको देखेर यो कुन युग हो भनेर प्रश्न गर्न मन लाग्या छ ।’

नयाँ कानुन ड्राफ्ट भइरहेकाले यस विषयमा अरु थप कुरा गर्नु आवश्यक नभएकाे उनकाे तर्क छ ।