एक पछि अर्को हिट फिल्म दिएका बलिउड अभिनेता आयुष्मान खुरानाले फिल्ममा काम गरे वापत पारिश्रमिक नलिने भएका छन्।उनले सित्तैमा काम गर्न लागेका भने होइन् , आयुष्मानले पारिश्रमिक नलिइकन सिधै चलचित्रको नाफामा हिस्सा माग्न थालेको समाचार छ। 

 भारतीय पत्रिकासंग कुरा गर्दै आयुष्मानले आफूले पारिश्रमिक लिने छोडेर चलचित्रको  नाफामा हिस्सा माग्न थालेको स्विकार  पनि गरे। 

Ayushmann Khurrana with actress

उनले यसो गर्दा फिल्म निर्मातालाई नै फाइदा पनि बताएका छन्।

उनी भन्छन्-“फिल्म स्टारको आकाश छुदै गरेको पारिश्रमिकको पैसा निर्माताले फिल्ममै लगाउन पाउँछन् ।यसले गर्दा एउटा क्वािलटी फिल्म बन्न सघाउ पुर्याउँछ। फिल्मबाट आएको नाफालाई सबै मिलेर लिन सकिन्छ। “

धेरै कुरा फिल्मको स्क्रिप्टमा पनि भर पर्ने भन्दै उनि भने- “फिल्म मेकिङ धेरै खर्च लाग्ने खालको छ भने कलाकारले नाफामा हिस्सा लिँदा सबैलाई फाइदा हुन्छ। तर सबै फिल्म यही मोडल लागु हुन्छ भन्ने छैन् पारिश्रमिक लिएर पनि काम गर्नु पर्ने पनि हुन सक्छ। “

पछिल्लो पटक ड्रिम गर्लले बक्स अफिसमा सफलता प्राप्त गरेपछी उनि बलिउडका  नयाँ हिट  मसिन सावित भएका छन्। 

यसरी पारिश्रमिक छोडेर फिल्मको नाफामा प्रतिशत माग्ने उनि पहिलो स्टार भने होइन् । सुपरस्टारहरु शाहरुख खान, सलमान खान,  अमिर खान तथा अक्षय कुमारले पहिले देखि नै कमाईको यस्तो मोडल अभ्यास गर्दै आइरहेका छन्। 

आयुष्मान खुरानाका पछिल्ला चलचित्रका बजेट र कमाइ यसप्रकार छ

चलचित्रबजेटचलचित्रको कमाई
ड्रिम गर्ल३० करोड भारु७८ करोड भारु(चलचित्र प्रदर्शनमा छ )
आर्टिकल १५२५ करोड भारु६३ करोड भारु
बधाइ हो२२ करोड भारु१३६ करोड भारु
अन्धाधुन२० करोड भारु७२ करोड भारु
शुभ मंगल सावधान१७ करोड भारु४१ करोड भारु
बरेलीकी बर्फी२१ करोड भारु३४ करोड भारु