६ भदौ, काठमाडौं । साफ यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिता हेर्न २ सय रुपैयाँ टिकट दर तोकेको छ ।

असोज तीनदेखि १२ गतेसम्म हलचोकस्थित एपीएफको खेल मैदानमा हुने खेल हेर्नको लागि २ सय रुपैयाँको टिकटदर तोकेको हो । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै टिकटदरकोब बारेमा जानकारी गराएको हो ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले सहभागी हुनेछन् । समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र भुटान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा भने बंगलादेश, श्रीलंका र भारत रहेका छन् । नेपालले असोज तीन गते आफ्नो उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्नेछ ।