१४ मंसिर, एजेन्सी । मोहन बगान फुटबल टीमका पूर्व फुटबलर आर धनराजन फुटबल खेल्दा खेल्दै मृत्यु भएको छ । शनिबार केरलामा भएको सेभेट साइडेड खेलमा फुटबलर ३९ वर्षीय धनराजन मृत्यु भएको हो ।

एफसी परिन्थालमन्ना र सष्ठा त्रिसुरबीचको भएको खेलमा डिफेन्डरको रुपमा खेल्दै आएका उनको मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेको छ । खेलको २७ औँ मिनेटमा बलले लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि स्थानीय अस्पतालमा लगेता पनि मृत्यु भएको हो । ‘धन’नामले चिनिने धनराजनले २०११ मा भएको सन्तोष ट्रफीमा एकदमै दमदार प्रस्तुति दिँदै आएका थिए ।