२४ भदौ, एजेन्सी । रुख जहाँ पनि रोप्न सकिन्छ भन्ने सन्देश दिनको लागि अट्रियाको फुटबल मैदानमा रुख रोपिएको छ । मानिसहरुको रुखको महत्व बुझाउन र जलवायु परिवर्तनको खतराबाट बच्नको लागि जागरुकता फैलाउनका लागि स्टेडियममा रुख रोपिएको हो ।

स्टेडियममा ३ सय भन्दा बढी रुख रोपिएको छ । रुख रोपिएको क्लागनफर्ट शहरको वार्गेसी स्टेडियम छिट्टै नै सर्वसाधारणका लागि खोलिने भएको छ । लिटम्यानले अस्ट्रियाली कलाकार र आर्किटेक्ट म्याक्स पिन्टनरको मद्दतले यो कुरा पूरा भएको हो ।

उनले ३० वर्ष पुरानो डायस्टोपियन कलाबाट प्रभावित भएर कतारमा लगाइएको एक डिजाइनबाट जंगल तयार गरेका थिए । रुख रोपिएको स्टेडियम त्यहाँको टीम क्लागेनफर्टको होम ग्राउण्ड हो । मिडिया रिपोट्र्सका अनुसार यो रुख हटेपछिमात्र उक्त टीमले यो मैदानमा खेल्ने छ । अक्टोबरमा यो जंगललाई अर्को स्थानमा सार्ने तयारी भएको छ ।