२३ भदौ, एजेन्सी । विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकले अब डेटिङ फिचर पनि ल्याउने निर्णय गरेको छ । परीक्षणको लागि भन्दै फेसबुकले अमेरिकामा यो फिचर शुरु पनि गरिसकेको छ । गतवर्षको मे महिनामा यसको बारेमा जानकारी गराइएको थियो ।

डेटिङ फिचर मुख्य एप्लिकेसनमा उपलब्ध हुनेछ । प्रयोगकर्ताले यसलाई इंस्टाग्रामसँग पनि कनेक्ट गर्नसक्नेछन् । २०१९को अन्त्यसम्म इंस्टाग्राको स्टोरीहरु डेटिङ प्रोफाइलमा शेयर गर्ने विकल्प उपलब्ध हुने फेसबुकले जनाएको छ । डेटिङ एपमार्फत इंस्टग्रामका फलोअर्स र फेसबुकका फ्रेन्ड्सलिस्टबाट आफ्नो जोडी खोज्न सकिनेछ । अहिले विश्वका अरु देशमा आउनेसम्बन्धमा फेसबुकले कुनै जानकारी गराएको छैन ।