२७ माघ, काठमाडौं । टिकटकबाट चर्चामा आएकी उषा उप्रेतिको अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

‘फोटो खिचिक्क’ बोलको गीतमा उषाको साथमा प्रथम क्षेत्रीको अभिनय छ । प्रविसा अधिकारी र सुबिन श्रेष्ठको स्वरमा रहेको गीतमा कृष्ण भारद्वाज र केशव शर्मा बेलबासेको शब्दरचना छ ।

सुन्दा गज्जब लाग्ने गीतको भिडियो पनि दमदार बनेको छ । भिडियोमा उषा र प्रथमको केमेस्ट्री एकदमै राम्रो देखिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाँइले खिचेको भिडियोलाई शिलान लम्सालले सम्पादन र कलर मिलाएका हुन् । भिडियोको निर्देशन र कोरियोग्राफी प्रथम स्वयंले गरेका हुन् । हेरौँ भिडियो