३ वैशाख, एजेन्सी।

पेरिसको प्राचीन अनि विश्वभर चर्चित नोट्रडम क्याथ्रिडलमा आगलागी भएको छ।

Notre Dame Cathedral fire 5591176

आगलागिको कारण अहिलेसम्म खुल्न सकेको छेन। यो चर्चको नवीकरण कार्य चल्दै थियो, सम्भवतः आगोको कारण यहि हुन सक्ने अनुमान गरिएको छ।

यो चर्च ८५० वर्ष पुरानो हो।

Notre Dame Cathedral fire 3514406

आगो निभाउन प्रयास जारी छ। तर यसको गजुर र छत डढेर नष्ट भइसकेको छ। र चर्चका प्रवक्ताको अनुसार अधिकतर भाग जलेर नष्ट भइसकेको छ। फ्रान्सका राष्ट्रपतिले इम्यानुएर मेक्रो घटनस्थाल पुगेर दुःख व्यक्त गरेका छन्। राष्ट्रपतिले देशको नाममा सम्बोधन गर्ने तय भएको कार्यक्रम यो घटनाको खबर पश्चात रद्ध गरिएको थियो।

त्यस्तै, अमेरिकी राष्ट्रपति ट्रपले एक ट्वीट गर्दै विमानबाट पानी खसालेर आगो निभाउने सल्लाह दिएका छन्।

Notre Dame Cathedral fire 4552836

धेरै पुरानो भएकाले यसको अवस्था नाजुक थियो। अघिल्लो वर्ष यो क्याथोलिक चर्च बनाउन आर्थिक सहयोगको अपील गरिएको थियो।

विश्वका सबैभन्दा प्राचीन चर्च मध्ये यो एक हो। लाखौको सङ्ख्यामा पर्यटकहरु यहाँ घुम्म अनि प्रार्थनाको लागि जान्छन्। भवनका भित्तामा चिरा देखिएपछि यसको मर्मत कार्य चल्दै थियो। आगलागीको कारण पत्ता लगाउन एक छानबीन समिति गठन गरिएको छ।

Notre Dame Cathedral fire 7169236

आगलागी हुनुपूर्वको तस्विर

यो चर्च फ्रान्सको चिनारी मध्येको एक हो। फ्रान्सेली क्रान्तिको समय यो भवनले निकै नोक्सानी बेहोर्नु परेको थियो। यो भवनले दुइ विश्व युद्ध देखेको छ।