२६ भदौ, पेरिस । फ्रान्सले फेसबुक कम्पनीले जारी गर्न लागेको लिब्रा नामको क्रिप्टोकरेन्सी (विद्युतीय मुद्रा)लाई युरोपमै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

यस मुद्राका कारण युरोपेली सरकारहरुको ‘मुद्रा सम्प्रभूता’ संकटमा पर्ने खतरा रहने भन्दै फ्रान्सले उक्त चेतावनी दिएको हो ।

‘म के कुरामा प्रष्ट छु भने युरोपेली मुलुकमा यो मुद्रा अहिलेकै अवस्थामा सञ्चालनमा विल्कुलै प्रयोगमा ल्याउन दिइने छैन,’ फ्रान्सका अर्थमन्त्री ला मायरले भने ।

उनले ओइसिडी सम्मेलनको उदघाटनका अवसरमा यस्तो कुराको जानकारी गराएको हो ।