२६ मंसिर, चितवन । चितवनमा बँदेलको आक्रमणमा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एकनारायण कोइरालाका अनुसार भरतपुर महानगरपालिका–१३ गङ्गानगरमा आफ्नै खेतमा काम गरिरहेका समयमा बँदेलले आक्रमण गरेको हो ।

बँदेलको आक्रमणबाट स्थानीय ७६ वर्षीया केबी राई, ७१ वर्षीया कुमारी तामाङ र ३८ वर्षीय मोते दर्जी रहेका उनले जानकारी दिए । उनीहरुलाई बिहान १०ः०० बजे आफ्नै खेतमा काम गरिरहेको समयमा नजिकै रहेको वनबाट निस्किएर बँदेलले आक्रमण गरेको थियो । घाइते तीनै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । रासस