२ मंसिर, काठमाडौं ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले नेपाललाई परेको आपतकालीन सहयोग गर्न तयार रहेको जानकारी नेपाललाई गराएकी छिन् ।

ढाकास्थित नेपाली राजदुत हरिकुमार श्रेष्ठसँगको कुराकानीमा प्रधानमन्त्री हसिनाले भारतीय नाकाबन्दीका कारण उत्पन्न समस्या समाधानका लागि अत्यावश्यकीय सामग्री पठाउन आफ्नो देश तयार रहेको बताएकी हुन् ।

Bangladesh pm 2

फाइल तस्विर

बंगलादेश, इन्धन, अन्य अत्यावश्यकीय बस्तु खाद्यान्न, औषधी लगायतका सामाग्री नेपाल पठाउन तयार रहेको जानकारी हसिनाले राजदुत श्रेष्ठसँगको भेटमा बताएकी थिइन् ।

नेपालले नाकाबन्दीका कारण चरम संकट उत्पन्न भएको भन्दै सहयोगका लागि गरेको आग्रहपछि बंगलादेशी प्रधानमन्त्रीले जस्तो सुकै सहयोगका लागि आफू तयार रहेको बताएकी हुन् ।

आयल निगमले बंगलादेशबाट ग्यास ल्याउने प्रक्रिया अघि बढायो

बंगलादेशबाट आउने सामान नेपाल भित्रिनका लागि भारतबाट अवरोध नहुने अपेक्षा पनि हसिनाले ब्यक्त गरेकी छिन् ।

यस अघि चीनले पनि नेपाललाई चाहिने आपतकालीन इन्धन उपलब्ध गराउन तयार रहेको बताइसकेको छ ।

आपुर्ती मन्त्रीलाई चीनले भन्यो- आपतकालीन इन्धन दिन्छौं