२ भदौ, एजेन्सी । पछिल्लो समय अक्षय कुमार देशभक्ती र प्रेरणादायी फिल्म लिएर दर्शकमाझ आउने गरेका छन् । ट्वाइलेटः एक प्रेम कथा, प्याडम्यान, केसरी पछि अब अक्षयको अर्को फिल्म ‘मिसन मंगल’ले बक्स अफिसमा उकालो चढिरहेको छ ।

स्वतन्त्रता दिवसको दिन रिलिज भएको ‘मिसन मंगल’ले आइतकार २७ करोडको कमाई गरेको ट्रेड एनालिस्ट तरण आदर्शले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन् । उनका अनुसार फिल्मले पहिलो दिन २९.१६ करोड, दोश्रो दिन १७.२८ करोड र तेश्रो दिन अर्थात शनिबार २३.५८ करोडको कमाई गरेको थियो । यसरी कमाएको सबै दिनको पैसा जोड्दा फिल्मले ४ दिनमा ९७ करोड ५६ लाखको कमाई गरिसकेको छ ।

बक्स अफिसमा अक्षयको यो दोश्रो ठूलो फिल्म हो । यो भन्दा पहिला पिरियड ड्रामा फिल्म ‘केशरी’ले पनि ५ दिनमा १ सय करोडको कमाई गरेको थियो । त्यो नै अक्षय कुमारको पहिलो सोलो थियो जसले ५ दिनान १ सय करोडको आँकडा पार गरेको थियो । यसभन्दा अघि ‘२.०’को हिन्दी भर्जनले ५ दिनमा ९५ करोडको कमाई गरेको थियो ।

फिल्ममा अक्षयसँगै विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिंहालगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्मले सिमित साधनमा भारतको लागि बैज्ञानिकहरुले कसरी मंगलयानको प्रक्षेपण गरे भन्ने विषयबस्तु देखाइएको छ ।