२० कात्तिक, एजेन्सी । विवाहपछि हरेकको घरमा नयाँ शन्तान आगमनको पर्खाई हुन्छ । अलि ढिलो भयो कि छरछिमेक र आफन्तले जिस्काउन मात्रै होइन अनेक आंशका पनि गर्न भ्याउँछन् । विवाह गरेर बच्चा पाउने योजनामा हुनुहुन्छ भने मे महिना चाहिँ सबैभन्दा घातक हुने पाइएको छ ।

विज्ञहरु बच्चा पाउने प्लानिङ मे महिनामा थालनी नगर्न सुझाव दिन्छन् । मे महिनामा गर्भवती भएकी महिलाले जन्माउने बच्चामा थुप्रै स्वास्थ्य समस्या देखापर्ने नेशन एकेडेमी अफ साइन्समा प्रकाशित रिपोर्टमा उल्लेख छ । सही समयमा गर्भाधारण नगर्दा शिशुले यस्ताखालका समस्याको सामना गर्नुपर्ने विज्ञहरुको निश्कर्ष छ ।

जो महिला मे महिनामा गर्भवती हुन्छिन् उनको जनवरी वा फेब्रुअरी महिनामा सुत्केरी हुन्छन् । यो समय निकै चिसो हुन्छ । पुस माघजस्तो मध्य जाडोमा पर्ने भएकाले शिशुलाई फ्लुको संक्रमणले भेट्ने खतरा हुन्छ ।

बच्चालाई कति खतरा ?

यो अनुसन्धान १४ लाख बच्चा र ६ लाख ५७ हजार ५० जना महिलामा गरिएको थियो । यस्तो अवस्थामा जन्मिने बच्चालाई प्रिम्याच्युअर बेबीज भनिन्छ । यो अवधिमा जन्मिने धेरैजसो शिशुमा श्वासप्रश्वास र पाचन प्रक्रियासँग जोडिएको समस्या देखिने गरेको छ ।

के हो समाधान ?

यस्तो अवस्थामा तपाइले फ्लु भ्यक्सिन लिएर डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ । यस्तो अवस्थामा महिलाहरुलाई विरामी व्यक्तिबाट टाढै रहनुपर्छ । साथै आफ्नो आँखा, मुख र नाकमा हात लगाएपछि राम्रोसँग हात धुनुपर्छ ।