१६ फागुन, कामठााडैं । प्रहरीले नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन भन्दै प्रहरी मेरो साथी भन्ने नारा अघि सारेको छ । तर प्रहरीका कुनैकुनै गतिविधिले यो नारालाई गिज्याइरहेको हुन्छ ।

आज सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो छ जसमा एकजना प्रहरीले बच्चा बोकेकी एक महिलामाथि निर्मम ढंगले लाठी बर्साएका छन् । प्रहरी निरीक्षक (इन्सपेक्टर) देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिलालाई लाठील हिर्काएका हुन् । नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी हेम खत्री र माला शाहबीच भएको विवादका क्रममा आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठमाथि पौडेलले लाठी प्रहार गरेका हुन् ।

भिडियोमा हेमाले बच्चा बोेकेकी छिन् । महानगरीय प्रहरी वृत्त भैंसेपाटीका इन्चार्जको रुपमा कार्यरत इन्सपेक्टर पौडेलले अर्काको घरमा छिरेर तोडफोड र हुलहुज्जत गर्न खोजेपछि सामान्य बल प्रयोग भएको प्रतिक्रिया दिएका छन् । प्रहरीको यो कार्यको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।