१९ कात्तिक, काठमाडौं । ग्वालीचौरमा लाग्ने सांस्कृतिक मेला न्वागीको अवसर पारेर बडिगाड गाउँपालिकाले दोश्रो गाउपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिताको आयोजना गरेको छ । नेपाल सितोरियो कराते बडिगाड डोजोको संयोजनमा मंसिर १ र २ गते ग्वालिचौरमा दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिता २०७६ को आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतिय हुने टिमहरुलाई क्रमश ८० हजार, ५० हजार र ३० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब ३० टीमभन्दा बढिको सहभागीता हुनेछ । प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमलाई १५ हजार नगद र खाना बस्नको व्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि सबै तयारी अन्तिम अवस्थामा पुगेको प्रतियोगिताका संयोजक राजन पाईजाले बताए । कार्यक्रमको लागि बडिगाड गाउँपालिकाले २२ लाख ५० हजार बिनियोजन गरेको छ भने अन्य खर्च सहयोग संकलन गरेर जुटाइएको छ । करिब ३० लाख रुपैयाँको बजेट अनुमान गरिएको संयोजक पाइजाले बताए । न्वागी मेला पश्चिम बागलुङको ऐतिहासिक सांस्कृतिक पर्व हो ।