१६ पुस, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टितेल मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १ सय रुपैयाँ पुगेको छ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।