१३ मंसिर, काठमाडौं । साताको छैटौँ दिन सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलाको ७१ हजार ३ सय रुपैयाँ, तेजाबी सुनको मूल्य तोलाको ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य ८ सय ५५ रुपैयाँ प्रतितोला कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार रुपैयाँ, तेजाबी सुन तोलाको ७० हजार ७ सय रुपैयाँ र चाँदी तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यो महिना सुनको मूल्य सबैभन्दा बढी ४ गते भएको थियो । उक्त दिन छापावाल सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।