१५ असोज, काठमाडौं । पछिल्लो चारदिनदेखि लगातार बढिरहेको सुनको मूल्य बुधबार बढेको छ । छापावाल सुन बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

बढेको मूल्यसँगै बुधबार छापावाल सुनको मूल्य तोलाको ६९ हजार ८ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला ६ सय रुपैयाँ बढेर बुधबार ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ८ सय ३५ रुपैयाँ पुगेको छ ।

दशैँ लागेसँगै केहीदिनदेखि घटेको सुनको मूल्य बढेपछि ग्राहकको संख्या घट्ने अनुमान छ । दुई महिनाअघिदेखि सुनको मूल्य ह्वात्तै बढेको छ । एक महिनाको अवधिमा सुनको मूल्यमा १० हजारभन्दा बढीको बदोत्तरी भएको छ ।