२६ मंसिर, काठमाडौं । केहीदिनदेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य साताको पाँचौँ दिन बिहीबार बढेको छ । बिहीबार सुनमा ४ सय रुपैयाँ प्रतितोला बढेको छ भने चाँदीमा प्रतितोला १० रुपैयाँ बढेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य ७० हजार ९ सय रुपैयाँमा कारोबार हुँदा चाँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा किन्न सकिन्छ ।

मंसिर महिनामा १८ गते सर्वाधिक ७२ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य त्यसयता लगातार घटिरहेको थियो । बिहीबार भने सुनचाँदीको मूल्य बढेको छ ।