८ साउन, काठमाण्डौ ।
विप्लव नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको बन्दले काठमाण्डौ उपत्यका सहित देशभरको जनजिवन प्रभाबित भएको छ । काठमाण्डौ उपत्यकामा बन्दको प्रभाब बिहानैदेखि परेको छ ।

बन्दलाई मध्यनजर गर्दै बिहानैदेखि काडमाण्डौका चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने बन्द सफल पार्न बन्द कर्ताहरु पनि सडकमा उत्रिएका छन् । बन्द सफल पार्न सडकमा उत्रिएका आफ्ना झण्डै एक सय जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको माओवादीले दाबी गरेको छ ।

नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्माका अनुसार चावाहिलबाट ३० जना, बानेश्वरबाट २०, कोटेश्वर र कलंकीबाट दश–दश जना, गंगोबु र जावालाखेलबाट सात–सात जना र अन्य विभिन्न जिल्लाबाट गरी एकसय भन्दा बढि कार्यकर्ता पक्राउ परेका छन् ।

तर प्रहरीले भने अहिलेसम्म कसैलाई पनि पक्राउ नगरेको जनाएको छ ।
भारत र चीनबीच भएको लिपुलेक सम्झौता, देशमा बढेको भ्रष्टाचार र १६ बुँदे सहमतिको विरोधमा नेकपा माओवादीले अज बन्द आव्हान गरेको हो ।