३ साउन, काठमाडौं ।

राजधानीको सडकमा बर्षाको भेलले बगाएर १० बर्षिया बिनिता फुँयालको अनाहक ज्यान गुमाउनु परेको घट्नामा राज्य गैर जिम्वेवार भएको भन्दै दुइ दर्जन भन्दा बढि यूवा कानून व्यवसायीहरुले आम नागरिकको तर्फबाट मुद्धा दायर गर्ने प्रयास गरीरहेका छन् ।

गत शुक्रबार तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारमा १० बर्षिया बालिका विनिता फुँयालको बर्षाको भेलले बगाएर ज्यान गएको थियो ।

नेसनल ल क्याम्पसमा एल एल एम पहिलो बर्षमा अध्यनरत विद्यार्थिहरुले अव्यवस्थित छोडिएका नाली र ढल निकासको व्यवस्थापन हुन नसक्दा राज्य पक्षकै चरम लापरवाहिका कारण यो घट्ना घटेको ठहर गर्दे मुलकी ऐन ज्याान सम्बवन्धी महल अनुशार यस घट्नासंग सम्बन्धित सबै दोषिहरुलाइ कडा कारवाहीको माग राख्दै जाहेरी दरखास्त दिन बालाजु स्थित महानगरि प्रहरी परिसरमा धर्ना बसिरहेका छन् ।

दिउसो ३ वजे नै जाहेरी दिन भनी महानगरीय प्रहरि परिसर वालाजुमा पुगेको दर्जनौ कानून व्यवसायीहरु र कानूनका विद्यार्थिहरुले जोहरी दर्ता गर्न माग गरे पनि प्रहरीले जाहेरी बुझन नमानेपछि उनिहरु प्रहरी परिसरमै धर्नामा बसेका हुन् ।

महानगरिय प्रहरी वृत वालाजुका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष तामाङले माथिल्लो निकायसँग परामर्श नगरी जाहेरी दर्ता गर्न नमिल्ने बताएपछि करिव ३० जना यूवा अधिवक्ताहरु वालाजुस्थित महानगरीय प्रहरी वृत्तमा धर्नामा बसिरहेका छन् ।